ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, २४ जना घाइते

भक्तपुर न्यूज

२० जेठ २०८१ ४:३३

ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, २४ जना घाइते

काठमाडौं । कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए।

मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ। घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूपस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *