उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

भक्तपुर न्यूज

१८ जेठ २०८१ १०:१७

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ भएका छन् । उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन् । उनी कांग्रेस नेतृ एवं श्रीमती सिर्जना सिंह र छोरासहित दिल्ली गएका हुन् ।

‘उहाँलाई प्रोष्टेटको समस्या थियो । नेपालमा बसेर उपचार गरिरहनु भएको थियो । तर, डाक्टरहरूकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने ।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए । तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए । सिंह हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए ।

प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *