टी-ट्वान्टी सिरिजमा पाकिस्तानमाथि इंग्ल्यान्डको जित

भक्तपुर न्यूज

१८ जेठ २०८१ ६:२६

टी-ट्वान्टी सिरिजमा पाकिस्तानमाथि इंग्ल्यान्डको जित

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको चार खेलको टी-ट्वान्टी क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।

बिहीबार राति ओभलमा सम्पन्न चौथो खेल ७ विकेटले जितेसँगै इंग्ल्यान्डले सिरिज २-० ले जितेको हो । यी दुई टोलीबीचको दुई खेल भने वर्षाका कारण हुन सकेन । दोस्रो खेल भने इंग्ल्यान्डले २३ रनले जितेको थियो ।

बिहीबार रातिको खेलमा भने १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा फिल साल्टले ४५ रन तथा कप्तान जोस बटलरले ३९ रन जोडे । पाकिस्तानका लागि हरिस राउफले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । पाकिस्तानका लागि उस्मान खानले ३८ रन तथा कप्तान बाबर आजमले ३६ रन जोडे । इंग्ल्यान्डका लागि मार्क उड, आदिल रशिद र लियम लिभिङस्टोनले २-२ विकेट हात पारे ।

प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *