मधेस आन्दोलनमा भत्काइएको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

भक्तपुर न्यूज

१८ जेठ २०८१ ५:४५

मधेस आन्दोलनमा भत्काइएको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

काठमाडौं । वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताए । उनले सालिक निर्माण रु ११ लाख र अन्य पूर्वाधार निर्माणमा रु पाँच लाख खर्च भएको बताए ।

आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिने छ । श्री कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो ।

प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *