तारकेश्वरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

भक्तपुर न्यूज

१७ जेठ २०८१ १२:४३

तारकेश्वरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर–२ काभ्रेस्थलीकी २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

घाइते तोलाङ्गीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौंको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी घाइते भएका छन्।

उनीहरूको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *