माधव, उपेन्द्र र महन्थलाई देउवाले किन बाेलाए बुढानीलकण्ठ ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साना तीन दलका शीर्ष नेतालाई छलफलका लागि आफ्नाे निवास बूढानीलकण्ठ बाेलाएका छन् ।
देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लाेसपाका अध्यक्ष महन्थ ठाकुरलाई छलफलमा बाेलाएका हुन् ।
मधेश सरकारबारे छलफल गर्न देउवाले याे बैठक राखेकाे बताइएकाे छ । बहुमत जुटाउन नसकेपछि एमाले र माओवादीले मधेश सरकार गठन गर्न नसकेका बेला देउवा सक्रिय भएका हुन् ।
कांग्रेस बहुमत जुटाउन लागे मधेशमा एमाले–माओवादी गठबन्धनले सरकार बनाउने सम्भावना कमजाेर हुन सक्छ ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६