अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालयहरु ५ दिनका लागि बन्द
काठमाडौं । गर्मी अत्यधिक बढेपछि जनकपुरधामको विद्यालयहरु पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पाँचदिन नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिए।
अत्याधिक गर्मीका कारण तराई मधेसको जिल्लाहरुमा लु समेत सुरु भएको छ भने जनकपुरधामको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८