आयरल्यान्डले प्यालेस्टाइनी राज्यलाई मान्यता दियो
काठमाडौं । आयरल्यान्डले मङ्गलबार प्यालेस्टाइनी राज्यलाई मान्यता दिएको छ । साथै उसले ‘विश्वको कुरा सुन्न र गाजामा हामीले देखिरहेको मानवीय प्रकोप रोक्न’ इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग आग्रह गरेको छ ।
“आयरल्यान्डको यो निर्णय आशालाई जीवित राख्नका लागि हो”, आइरिस प्रधानमन्त्री साइमन ह्यारिसले मन्त्रिपरिषद् बैठकमा उक्त कदममा हस्ताक्षर गरेलगत्तै एक विज्ञप्तिमा भने, “हामीले शान्ति प्रक्रियाको अन्त्यमा प्यालेस्टिनलाई मान्यता दिन चाहेका थियौँ, यद्यपि हामीले शान्तिको चमत्कारलाई जीवित राख्नका लागि स्पेन र नर्वेसँग यो कदम चालेका छौँ ।” तीन मुलुकको घोषणाप्रति इजरेली सरकारबाट क्रुद्ध प्रतिक्रिया आएको छ । ती मुलुकले हमासलाई अक्टोबर ७ को आक्रमणका लागि पुरस्कृत गरिरहेको इजरेलको तर्क छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ ८:५४