सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब १६ अर्ब बजेट विनियोजन

भक्तपुर न्यूज

१५ जेठ २०८१ ११:०६

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब १६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सामाजिक सरक्षाका भत्ताका कार्यक्रमलाई केन्द्रित गरेर एक खर्ब १६ अर्बको बजेट विनियोजन गरेको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरी लक्षित वर्गमा केन्द्रित गरिने भने पनि बजेटमा कुनै कार्यक्रम ल्याइएको छैन।

अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार भत्ता उपलब्ध गराइँदै आएको छ। त्यस्तै कर्णाली र दलित परिवारकाे लागि भने ६० वर्ष माथिको नागरिकलाई यस्तो भत्ता दिइएको छ।

अन्य सबै किसिमका सामाजिक सुरक्षा भत्तासहित आगामी वर्ष एक खर्ब १६ अर्ब खर्च हुने अनुमान सहित सामाजिक सुरक्षा भत्ताको लागि बजेट विनियोजन गरिएको छ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *