मन्त्रिपरिषद्को बैठकबाट बजेट स्वीकृत
काठमाडौं । आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७