सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्कियो

भक्तपुर न्यूज

१५ जेठ २०८१ ८:२५

सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्कियो

काठमाडौं । उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् ।

यसलाई अमेरिका र दक्षिण कोरियाको निगरानी गर्न धेरै वटा भूउपग्रह सञ्चालन गर्ने त्यहाँका नेता किम जोङ उनको सपना तत्कालका लागि तुहिएको छ । यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह थियो । दक्षिण कोरिया, चीन र जापानका नेताहरू सोलमा चार वर्षभन्दा बढी समययताको पहिलो त्रिपक्षीय वार्ताका लागि सोलमा भेटेको केही घण्टामै उत्तर कोरियाले सो भूउपग्रह प्रक्षेपण गरेको थियो ।

प्रमुख मित्रदेश र आर्थिक साझेदार चीन संलग्न रहेको कार्यक्रमलगत्तै उत्तर कोरियाले विरलै यस्तो कदम चाल्ने गरेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियाले भूउपग्रह प्रक्षेपणमा रोक लगाएको छ । तर प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरियाले प्रक्षेपण गरेपछि छिमेकी देशहरू रिसाएका थिए ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *