अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

भक्तपुर न्यूज

१४ जेठ २०८१ ११:१४

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा बाढीले १६ जनाको मृत्यु भएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।

टोलो न्यूजका अनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।​ बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति ठुलो बाढी आउँदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापक क्षति भएको बताएका छन् ।

उनका अनुसार लर्खाबमा तीन बालबालिका एक महिला र दुई पुरुषसहित लगभग पाँच जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।​ तालिबानद्वारा बदख्सानमा प्राकृतिक विपद् व्यवस्थापनका प्रमुख मोहम्मद कामगरलाई उद्धत गर्दै बाढीका कारण एकै परिवारका दश जनासहित एघार व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ ।​

यसैबीच, बाढीका कारण सम्पत्ति गुमाएका धेरै परिवारहरूले सहायताको आगमनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन् । पीडित परिवारले सरकार र सहायता निकायबाट तत्काल सहयोगको माग गरेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *