अत्यधिक गर्मी बढेपछि विद्यालय तीन दिन बन्द

भक्तपुर न्यूज

१४ जेठ २०८१ १०:०९

अत्यधिक गर्मी बढेपछि विद्यालय तीन दिन बन्द

काठमाडौं । अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरुले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ ।

वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरबिन्द लाल कर्णले अनुगमनको क्रममा बालबालिकालाई गर्मीका कारण समस्या भइरहेको पाइएपछि वर्षे विदा कटौती गर्ने गरी बुधबार, बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘यहाँ बिहान ७ बजेपछि पसिनाले भिज्ने अवस्था छ यस्तोमा बालबालिकालाई गाह्रो हुन्छ भनेर ३ दिनको विदा दिइएको छ ।’ मंगलबार सार्वजनिक विदाकोले बुधबारदेखि विदा दिने निर्णय गरेको उनले बताए ।

त्यस्तैगरी नेपालगञ्ज उप–महानगरपालिकाले पनि तीन दिन विदा दिने निर्णय गरेको जनाएको छ । नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले त्यसपछि अवस्था अनुसार विदा दिने नदिने निर्णय हुने बताए ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *