दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेटमा वेस्ट इन्डिजको क्लिन स्वीप

भक्तपुर न्यूज

१४ जेठ २०८१ ५:१७

दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेटमा वेस्ट इन्डिजको क्लिन स्वीप

काठमाडौं । दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता पनि जितेर वेस्ट इन्डिजले क्लिन स्वीप गरेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराउदै वेस्ट इन्डिजले श्रृङखला क्लिन स्वीप गरेको हो । तीन खेलको श्रृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको थियो ।

गएरातिको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजका जोनसन चार्ल्सले सर्वाधिक ६७ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *