भजन शिरोमणिको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको फिल्मको ट्रेलरले सङ्गीत क्षेत्रमा स्थापित हुन आचार्यले गर्नुभएको सङ्घर्षलाई चित्रण गरिएको छ ।
भक्तराजको १६ वर्षको साङ्गीतिक जीवनीलाई प्रस्तुत गरिएको फिल्ममा आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराजलाई देख्न सकिन्छ । फिल्ममा प्रशान्त रसाइलीको निर्देशन छ । फिल्ममा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपिन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
वरिष्ठ सङ्गीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई पुनः रिलिज गर्न लागिएको हो । फिल्म रोशन राईले निर्माण गरेको हो ।
प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८