बाल अस्पतालमा आगलागी हुँदा दिल्लीमा ६ नवजात शिशुको मृत्यु

भक्तपुर न्यूज

१३ जेठ २०८१ ५:४२

बाल अस्पतालमा आगलागी हुँदा दिल्लीमा ६ नवजात शिशुको मृत्यु

काठमाडौं । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली अग्नि विभागका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११ः३२ बजेतिर फोनमार्फत प्राप्त भएको थियो ।

अधिकारीहरूका अनुसार अस्पतालबाट १२ बालबालिकालाई उद्धार गरिएको थियो । तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए ।

आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो । ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालिसकेको थियो । हामीले जम्मा १२ जनालाई उद्धार गरेका थियौँ,’राजेश अटवालले भने ।

प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *