सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल सुरु

भक्तपुर न्यूज

११ जेठ २०८१ १०:४८

सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल सुरु

काठमाडौं । ‘नेपाल फेसन फेस्टिभल’ सुरु भएको छ । फेसन नेटवर्क नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि सुरु भएको फेस्टिभल तीन दिनसम्म चल्नेछ । आइतबारसम्म सञ्चालन हुने फेस्टिभलको नारा ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण’ रहेको छ ।

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयपछि नेपालमै पहिलो पटक नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताए । निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन, यो क्षेत्रमा आवद्ध सम्पूर्ण व्यक्ति, संस्था र उद्यमीहरूलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रका उपलब्धिबारे जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्न फेस्टिभल आयोजना गरिएको उनले बताए ।

फेस्टिभलमा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदै छ । जसमा दुई दर्जनभन्दा बढी मोडलहरूले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्नेछन् ।

प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *