युरोपेली राष्ट्रले प्यालेस्टाइन राज्यलाई मान्यता दिँदा अमेरिकाको आपत्ति

भक्तपुर न्यूज

१० जेठ २०८१ ५:१३

युरोपेली राष्ट्रले प्यालेस्टाइन राज्यलाई मान्यता दिँदा अमेरिकाको आपत्ति

काठमाडौं । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेका हुन् । उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ ।

युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएका छन् ।

बुधबार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *