जसपा नेपालले नयाँ केन्द्रीय सदस्यहरूको निर्वाचन गराउने

भक्तपुर न्यूज

९ जेठ २०८१ ५:५७

जसपा नेपालले नयाँ केन्द्रीय सदस्यहरूको निर्वाचन गराउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन भएपछि नयाँ केन्द्रीय सदस्यहरूको निर्वाचन गराउने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने भएको छ ।

जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकैपटक हुने जसपा नेपालले जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *