‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

भक्तपुर न्यूज

९ जेठ २०८१ ५:०७

‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा नेपालका देवताहरू नामक कला प्रदर्शनी भइरहेको छ। दोस्रो संस्करणको यो प्रदर्शनीमा विभिन्न कलाकारहरूले बनाएका देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला पनि राखिएको छ।

देवी देवताका मूर्तिसँगै नेपालका मन्दिर र विहारहरूलाई समेत समेटिएको प्रदर्शनीमा १६२ कलाकारका करिब २२० कलाकृतिहरू समाविष्ट छन्।

नेपालको सांस्कृतिक र कला सम्पदाको विविधताका बारेमा लोककला, परम्परागतकला, समसामयिककला / समकालीनकला, मूर्तिकला, चित्रकला र प्रतिस्थापनकलाको माध्यमद्वारा कलात्मक नेपाली देवदेवताबारे आम मानिसलाई सुशिक्षित र जागरूक तुल्याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेको हो।प्रदर्शनी आगामी जेठ २८ गतेसम्म जारी रहने छ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *