गण्डकी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

भक्तपुर न्यूज

८ जेठ २०८१ १२:२३

गण्डकी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार बहस नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो ।

यसअघि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पर्ने निर्णय सर्वाेच्चले आदेश दिएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *