भौतिकमन्त्री रघुवीर महासेठसँग २ करोड नगद मौज्दात, दुईवटा घर र पाँच ठाउँमा जग्गा

भक्तपुर न्यूज

८ जेठ २०८१ १०:३७

भौतिकमन्त्री रघुवीर महासेठसँग २ करोड नगद मौज्दात, दुईवटा घर र पाँच ठाउँमा जग्गा

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुईवटा घर छन् ।

यस्तै, रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ । यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ । सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ । यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ । यस्तो छ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको सम्पत्ति पूर्ण विवरणः

प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *