प्रधानमन्त्री प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर र भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख छ । पैतृक तथा अंशबाट प्राप्त उक्त सम्पत्ति स्वर्गीय पत्नी सीता दाहालको नाममै रहेको जनाइएको छ ।
यसैगरी प्रधानमन्त्री दाहालसँग पाँच तोला सुन र एभरेस्ट बैंकमा २५ लाख नगद मौज्दात रहेको जनाइएको छ । उक्त सुन पनि पैतृक सम्पत्ति रहेको तथा नगद प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरिएको छ । त्यसबाहेक प्रम दाहालले कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९