चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जनाको उद्धार

भक्तपुर न्यूज

८ जेठ २०८१ ८:१५

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जनाको उद्धार

काठमाडौं । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *