सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन जारी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन बैंकले भनेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले दैनिक तरलता सुविधा, ओभरनाइट तरलता सुविधा, रिपो, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा माग गर्दा सुरक्षणको लागि सरकारी ऋणपत्र धितोमा राख्ने गर्छन् । यस्तो ऋणपत्र हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने हुँदा बैंकहरुको तरलता सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले सोको सुरक्षण ग्यारेन्टी भएको पत्र माग गरेको हो ।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२