कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका थिए ।
कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण बनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६