गौशालामा अतिक्रमण गरी बनाइएका घरमा महानगरले चलायो डोजर
काठमाडौंं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो ।
मापदण्ड विपरीत बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।
यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९