सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ । बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए ।
उनले कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्ष र राप्रपाको बहिष्कारका बीच विश्वासको मत लिएका थिए । सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नबसी अधिवेशन अन्त्य भएको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७