सुर्खेतमा गोली प्रहार घटनाका थप एक अभियुक्त पक्राउ

भक्तपुर न्यूज

४ जेठ २०८१ ८:४४

सुर्खेतमा गोली प्रहार घटनाका थप एक अभियुक्त पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।

गिरीलाई बिहीबार भक्तपुर, सुर्यबिनायकबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घटनामा संलग्न अझै एकजना फरार छन् ।

यसअघि उक्त प्रकरणमा यसअघि ४ जना पक्राउ परिसकेका छन् । प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सोही ठाउँक भरत भुल, भारतीय नागरिक १९ वर्षीय रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक रोहित राजपूत सुटरका रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *