राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

भक्तपुर न्यूज

४ जेठ २०८१ ७:००

राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाउँदै लगिएको राष्ट्र बैंकले जनाएको छ ।

आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५ दशमलव ५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३ दशमलव ० प्रतिशतको निक्षेप संकलन दर र ७ दशमलव ० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरूमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असुलीमा समेत सुधार आउँदै जाने अपेक्षा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिने भएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *