आईपीएलमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । राजस्थान १२ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जितेमा राजस्थान प्लेअफमा पुग्नेछ । राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो ।
पञ्जाव किंग्स तालिकाको पुछारमा छ । पञ्जाबको १२ खेलमा ८ अङ्क मात्रै छ । पञ्जाब यो सिजन प्लेअफको दौडबाट बाहिरीसकेको छ । पञ्जाब सन् २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।
प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७