कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय संसदमा उठाउने भएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।
पार्टीले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउने जनाएकाे छ। बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए।
केपी ओली प्रधानमन्त्री भएका बेला २०७८ माघमा गिरीबन्धु टी स्टेटको जग्गा साट्न मिल्ने गरी कानुन संशोधन गरेपछि १९७ विघा जग्गा बेचिएको छ। त्यसमा तत्कालीन प्रधानमन्त्री ओलीको स्वार्थ रहेको दाबी गरिँदै आएको छ।
साथै आजकाे बैठकले आज सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न दिएर बाँकी कुनै पनि प्रक्रिया अघि बढ्न नदिने निर्णय पनि गरेकाे छ। आज राष्ट्रपति रामचन्द्र पाैडेलले संसदमा सरकारकाे नीति तथा कार्यक्रम पेश गर्दैछन्।
प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार