चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्स

भक्तपुर न्यूज

१ जेठ २०८१ ७:२६

चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्स

काठमाडौं । चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीलाई २०२४/२५ सिजनका लागि एएफसी कपमा प्रतिस्पर्धा गर्नका लागि एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने भएका छन्। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।

एन्फाको क्लब लाइसेन्सिङ युनिटको विषयमा निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी) द्वारा गरिएको अध्ययन प्रक्रियापछि दुई क्लबलाई लाइसेन्स दिइएको हो। आर्मीले यसअघि पनि क्लब लाइसेन्स प्राप्त गरेकोमा चर्च ब्वाइजले भने पहिलो पटक प्राप्त गरेको हो।

चर्च ब्वाइजले २०७९/८० को सहिद स्मारक ए डिभिजन लिग जितेको थियो। पहिलो सहभागितामै लिग जिते पनि उसले एएफसी क्लब प्रतियोगिता खेल्न पाएको थिएन।

प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *