मन्त्रिपरिषद्‌बाट १६औं पञ्चवर्षीय योजना पारित

भक्तपुर न्यूज

१ जेठ २०८१ ७:११

मन्त्रिपरिषद्‌बाट १६औं पञ्चवर्षीय योजना पारित

काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।

आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ । सरकारको तर्फबाट आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *