सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

भक्तपुर न्यूज

१ जेठ २०८१ ६:११

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको छ । सोमबार दिउँसो तय भएको बैठक स्थगित भएको थियो । संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन ।

प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *