नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद रेग्मीको निधन

भक्तपुर न्यूज

१ जेठ २०८१ ५:१८

नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सरले थलिएका रेग्मीलाई काठमाडौँमा उपचार सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो । रेग्मीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिँदैछ ।

प्रकाशित मितिः २०८१ जेठ ०१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *