संसदीय छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने कांग्रेसको निष्कर्ष

भक्तपुर न्यूज

२९ वैशाख २०८१ ७:२४

संसदीय छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानबिन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानबिन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न सोमबार अपराह्न १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको महामन्त्री थापाले बताए । सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको थापाले बताए ।

बैठकमा नेताहरूले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए । कांग्रेसले शुक्रबार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *