नेपाल स्वास्थ्य सेवातर्फ पाँच जना एघारौ तह (सहसचिव)मा सिफारिस

भक्तपुर न्यूज

२९ वैशाख २०८१ ६:२५

नेपाल स्वास्थ्य सेवातर्फ पाँच जना एघारौ तह (सहसचिव)मा सिफारिस

काठमाडौं । लोक सेवा आयोगबाट नेपाल स्वास्थ्य सेवातर्फ पाँच जना एघारौ तह (सहसचिव)मा सिफारिस भएका छन् । जसमा खुला प्रतिस्पर्धाबाट नेपाल स्वास्थ्य सेवातर्फ जनरल हेल्थ सर्भिसेज समूहको एघारौ, प्रमुख मेडिकल सुपरिटेन्डेण्ट पदमा राजीव रिजाल सिफारिस भएका छन् भने नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूहको पेडियाट्रिक मेडिसिन उपसमूहको एघारौ तह प्रमुख कन्सल्टेण्ट पेडियाटे्रसिन पदमा एन्जिला घिमिरे सिफारिस भएकी छन् ।

आन्तरिक प्रतिस्पर्धाबाट नेपाल स्वास्थ्य सेवाकै हेल्थ इन्सपेक्सन समूहको एघारौ तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा भीमप्रसाद सापकोटा सिफारिस भएका छन् भने नेपाल स्वास्थ्य सेवाकै एनेस्थेसियोलोजी समूहको एघारौ तह प्रमुख कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट पदमा पुष्पराज पौडेल सिफारिस भएका छन् ।

आन्तरिक प्रतिस्पर्धाबाटै नेपाल स्वास्थ्य सेवातर्फ रेडियोलोजी समूह, रेडियोडाइग्रोसिस उपसमूह एघारौ तह, प्रमुख कन्सल्टेण्ड रेडियोलोजिष्टमा रामेश्वर देवकोटा सिफारिस भएका छन् ।

प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *