अफगानिस्तानमा आएको भीषण बाढीमा परी ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते
काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको भीषण बाढीमा परी ६० जनाको मृत्यु भएको छ । बाढीकै कारण १ सय जनाभन्दा बढी घाइते भएको तालिवान अधिकारीहरूले बताएका छन् । भारी वर्षापछि बाघलान प्रान्तका पाँच जिल्लामा कयौं मानिस बेपत्ता छन् ।
अझै भारी वर्षा र हावाहुरीको पूर्वानुमान गरिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सम्भावित क्षतिबाट बच्न प्रभावित क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरुमा धेरै गाउँमा बाढी पसेको छ । घरहरु ढुबानमा परेका छन् । बाढीले गाउँमा विनाश लीला नै निम्त्याएको छ । अप्रिलयता परेको भारी वर्षाकै कारण १ सय जनाभन्दा बढीको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानमा केही हप्तायता असामान्य वर्षा भइरहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७