सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ९:५१

सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन

काठमाडौं । प्रतिनिधि सभा बैठकअघि सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन भएको छ । शुक्रबार संसद्को बर्खे अधिवेशन सुरु हुनुअघि सभामुखले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गरेका थिए।

बैठकमा कांग्रेसले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने र आफ्ना कुरा राख्न दिने बताएको सभामुखको सचिवालयले बताएको छ । उसले शीर्ष नेताहरु बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिनमा सहमति नजनाएको सचिवालयको भनाइ छ ।

बैठक निष्कर्षविहीन भएपछि नेताहरु उठेर आआफ्ना शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । यसपछि पुनः बैठक बस्ने सचिवालयको भनाइ छ । त्यसपछि कार्यव्यवस्था बैठक बस्ने छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि संसद् अधिवेशन बोलाएका छन् ।

तर कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै संसदीय छानबिनको माग गरेको छ । त्यसलाई सत्ताधारी दलले भने अस्वीकार गरेका छन् । आफ्नो माग पूरा नभए संसद् बैठक चल्न नदिने कांग्रेसको तयारी छ ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *