नेकपा एमाले संसदीय दलको बैठकमा नेम्वाङ र शाक्य सहभागी

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ७:४५

नेकपा एमाले संसदीय दलको बैठकमा नेम्वाङ र शाक्य सहभागी

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठकमा दुई नयाँ सदस्य सहभागी भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमालेको संसदीय दलको बैठकमा सुहाङ नेम्वाङ र अञ्जान शाक्य सहभागी भएका हुन् ।

सुहाङ हालै निर्वाचित उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, अञ्जान शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन् । संसदीय दलको बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *