कलंकीबाट एक सातादेखि हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला

भक्तपुर न्यूज

२७ वैशाख २०८१ ७:५३

कलंकीबाट एक सातादेखि हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला

काठमाडौं । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

उनी चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय हुन् । काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको एसएसपी रजौरेले जानकारी दिए । लामिछानेले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *