बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

भक्तपुर न्यूज

२७ वैशाख २०८१ ७:४६

बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

काठमाडौं । उपनिर्वाचनमा बझाङ क्षेत्र नं.(१) बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *