राष्ट्रिय बीमा कम्पनी लिमिटेडले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

भक्तपुर न्यूज

२७ वैशाख २०८१ ५:४९

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।

खुद नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४.७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पुँजी
तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

रिटेन्ड अर्निङ
सोही अवधीसम्म कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ ।

बिमा शुल्क
बिमा शुल्क संकलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ ।

प्रतिसेयर आम्दानी
तेस्रो त्रैमाससम्मआइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ पुगेको छ ।

प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ पुगेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *