राति चोर आयो भनेर सहयोग मागेकी वृद्धा बिहान मृत अवस्थामा फेला
काठमाडौं । झापाको बिर्तामोड- ४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन्। ६८ वर्षीया विष्णुमाया विष्टलाई गएराति चोरले रडले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
उक्त घटनास्थलको निरीक्षण झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीसहितको टोली गरेको छ। घटनास्थललाई अहिले प्रहरीले सुरक्षित राखेको छ। राति उनको घरमा चोर आएको र उनले गाउँलेलाई सहयोग मागेकी थिइन्। गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए।
मृतक विष्टले चोरलाई पहिचान गरेको कारणले चोरले नै उनको हत्या गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ। उनी राति अबेरसम्म छोरासँग कुरा गरेर बसेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७