नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन

भक्तपुर न्यूज

२५ वैशाख २०८१ ७:११

नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा (एमाले) रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन्। सदरमुकाम धुन्चेमा सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

ढकाल यसअघि पार्टीको जिल्ला सचिव थिए । यस्तै उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिव पेम्बा लामा,उपसचिव सुकु बहादुर तामाङ,महिला उपसचिव चमेलि गुरुङ चयन भएका छन् । सदस्य हरूमा ७४ जना रहेका छन्।

जिल्लाको ५ गाउँपालिकाका २७ वटा वडालाई समेटेर लैजाने सबैको सहमति अनुसार नै ८० जनाको जिल्ला कमिटी निर्माण गरिएको अध्यक्ष ढकालले बताए। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *