ओखलढुंगाको बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु

भक्तपुर न्यूज

२५ वैशाख २०८१ ५:४५

ओखलढुंगाको बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार अपरान्ह बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना भएको जनाएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *