ग्वार्कोमा आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा मृत्यु

भक्तपुर न्यूज

२५ वैशाख २०८१ ५:३२

ग्वार्कोमा आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गत आइतबार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको सोमबार बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भइरहेको र अर्का एक जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रूपा गिरीको आइसियुमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *