शीर्ष वरीयताकी स्वाटेकले जितिन् म्याड्रिड ओपन टेनिसको उपाधि

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ९:१५

शीर्ष वरीयताकी स्वाटेकले जितिन् म्याड्रिड ओपन टेनिसको उपाधि

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले म्याड्रिड ओपन टेनिस प्रतियोगिताको उपाधि हात पारेकी छन् । स्पेनको मड्रिडमा भएको महिलातर्फको फाइनलमा स्वाटेकले दोस्रो वरीयता तथा साविक विजेता आर्याना सावालान्कालाई पराजित गर्दै उपाधि हात पारेकी हुन् ।

३ घण्टा ११ मिनेटसम्म चलेको फाइनलमा स्वाटेकले सावालान्कालाई ७-५, ४-६ र ७-६(७) को सेटमा पराजित गरिन् । पोल्यान्डकी २२ वर्षीया स्वाटेकको यो करियरकै २२ औँ उपाधि हो ।

यससँगै उनी सबैभन्दा कम उमेरमा २० वटा उपाधि जित्ने खेलाडी समेत बनेकी छन् । यसअघि क्यारोलिन ओजनियाकी सन् २०१२ मा सबै भन्दा कम उमेरमा उक्त उपलब्धि हासिल गरेकी थिइन् ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *