भक्तपुरको दुवाकोटमा आगाे निभाउने क्रममा २ जना घाइते

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ७:०५

भक्तपुरको दुवाकोटमा आगाे निभाउने क्रममा २ जना घाइते

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका –२ दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानाका गए राति आगलागी हुँदा निभाउने क्रममा कामदार भारतको बङ्गाल घर भएका २९ वर्षका मनु उर्वा र कारखाना नजिकै बस्ने रामेछापको लिखु तामाकोशी–६ घर भएका २३ वर्षका बुद्धनारायण श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते मनु उर्वालाई ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको जलन उपचार अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । बुद्धनारायणको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए ।

सुरक्षाकर्मी, स्थानीयवासी तथा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट गरी सात वटा दमकलको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट प्लाई कारखानामा एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *